
१८ मंसिर, काठमाडौं । साताको चौथौ दिनमा आएर सेयर बजारमा हरियाली छाएको छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार आएको छ ।
बुधबार नेप्से परिसूचक ८.७३ अंकले सुधार आएर १ हजार १ सय २४ दशमलव ४७ अंकमा पुगेको छ । मंगलबार ३ अंकले बजार बढेको थियो ।
दिनभर ४ हजार ९ सय ५१ वटा कारोबार हुँदा १६९ कम्पनीका ९ लाख ९० हजार २ सय ७४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३० करोड ८२ लाख १४ हजार ४ सय ६५ रुपैयाँ पुगेको छ ।
सेयर कारोबार रकम मंगलबारको तुलनामा बुधबार ४ करोड रुपैयाँले बढी हो । कारोबार भएका सेयर कित्ता भने थोरै घटेको छ । मंगलबार १० लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका थिए ।
बुधबार सबै समूह बढ्दा बजार पुरै हरियाली देखिएको छ । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । यस कम्पनीको बुधबार २ करोड ८२ लाख ४२ हजार ९ सय १६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा एनआइशी एशिया दोस्रो नम्बरमा देखिएको छ भने एनएमबि बैंक तेस्रो नम्बरमा देखिएको छ । यि बैंकहरुको क्रमशः २ करोड ९३ लाख ६० हजार रुपैयाँ र १ करोड ७२ लाख ५० हजार रुपैयाँ बढीको कारोबार भएको छ ।
प्रतिक्रिया 4