+
+
Shares

डोटीमा जिप दुर्घटना, चालकको मृत्यु

रासस रासस
२०७६ मंसिर १९ गते ११:०३

१९ मंसिर, डोटी । जिल्लाको जोरायल गाउँपालिका–२ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।

कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जिप बुधबार राति अनियन्त्रित भई दुर्घटना हुँदा जोरायल ४ का अन्दाी २१ वर्षीय आश्रम थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय, जोरायलले जनाएको छ ।

मगर जिपका चालक हुन् ।

दुर्घटनाको कारण नखुलेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?