Comments Add Comment

मेडिकल कलेजको शुल्क छानबिन गर्न कार्यदल गठन

१९ मंसिर, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजले लिएको शुल्कको अध्ययन र छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

मेडिकल कलेजले शैक्षिक सत्र २०७२/७३ र ०७३/७४ मा लिएको शुल्कको विषयमा अध्ययन, छलफल र छानबिन गरी निर्णय लिन आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको हो ।

गत मंसिर १० गते सरकार र मेडिकल कलेजबीचको बैठकपछि दुई शैक्षिक सत्रको शुल्कको विषयमा अध्ययन गरी निर्णय लिन आयोगले कार्यदल गठन गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार कार्यदल गठन गरिएको आयोगका उपसचिव तुलसीप्रसाद आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । कार्यदलमा को को रहने भन्ने आयोगले खुलाएको छैन ।

आयोगले मेडिकल कलेजको शिक्षण शुल्क भन्नाले भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम र परीक्षा शुल्कसमेत पर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । त्यस्तै तोकिएको भन्दा बढी शुल्क नलिन कलेजलाई र नतिर्न अभिभावक र विद्यार्थीलाई आयोगले आग्रह गरेको छ ।

सरकार र निजी मेडिकल कलेजको सम्झौता पत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमति छ । तर विद्यार्थीले भने उक्त सहमति मान्य नहुने भन्दै आन्दोलन चर्काइरहेका छन् ।

उनीहरुले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएस, बिडिएस, नर्सिङसहित ८ वटा संकायको पहिलो वर्षको परीक्षा समेत बहिष्कार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment