Comments Add Comment

दीपिकाले साइन गरिन् करणको फिल्म

निर्माता करण जोहरको चलचित्रमा काम गर्ने चाहना त बलिउडका अधिकांश कलाकारमा हुन्छ । तर, करणलाई भने परिवारवादमाथि विश्वास गर्ने गरेको आरोप लाग्दै आएको छ । नायिका दीपिका पादुकोण र निर्माता करण जोहरले चलचित्र ‘ए जवानी हे दिवानी’मा एकसाथ काम गरेका थिए । दीपिका र नायक रणवीर कपुर करणका मनपर्ने कलाकार हुन् ।

उनै, दीपिका र करण फेरि एकसाथ चलचित्रमा देखिने भएका छन् । भारतीय मिडियामा अनुसार, दीपिकाले करणले बनाउन लागेको नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । यो चलचित्रलाई साकुन बात्राले निर्देशन गर्दैछन्, जसले करणकै ब्यानरमा ‘कपुर एन्ड सन्स’ निर्देशन गरेका थिए ।

यो चलचित्रले नायिकालाई केन्द्रिय भूमिकामा प्रस्तुत गर्नेछ । चलचित्रको बिषयमा यसको निर्माणपक्षले केही पनि बोलेको छैन । बलिउडमा पछिल्लो समयमा नायिका दीपिका पादुकोणले महिला केन्द्रित चलचित्रलाई बढी ध्यान दिन थालेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment