Comments Add Comment

गल्फमा सुवास तामाङले जिते ऐतिहासिक दुई स्वर्ण

२० मंसिर, काठमाडौं । गल्फर सुवास तामाङले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्ण जितेका छन् ।

उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो ।

१७ वर्षका सुवासले सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरहसित कूल १५ अन्ड २७८ स्कोर बनाए । उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारे ।

यस्तै टिम इभेन्टतर्फ सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले स्वर्ण पदक जितेका छन् ।

गल्फमा नेपालले दुईवटा कास्य पदक पनि जितेको छ । पुरुष एकलतर्फ शुक्रबहादुर  राईले कास्य जिते भने पुरुष समूहगततर्फ शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निरज तामाङको समूहले कास्य पदक जितेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment