Comments Add Comment

सौगात र मुकुनको मित्रताको कथामा ‘सँगसँगै’

दुई साथीको मित्रताको कथामा चलचित्र ‘सँगसँगै’ बन्ने भएको छ । आज काठमाण्डौको भद्रकाली मन्दिरमा चलचित्रको शुभसाइत गरिएको छ । चलचित्रको छायांकन भने माघबाट सुरु हुनेछ । मधुसुदन भट्टराइको निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले लेखेका हुन् । चलचित्रको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ ।

चलचित्रलाई शुभकामना दिन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर्माता संघका अध्यक्ष आकाश अधिकारी भद्रकाली मन्दिर पुगेका थिए । यो चलचित्रमा सौगात मल्ल, श्रृष्टीइ श्रेष्ठ, आश्मा गिरी, मुकुन भुषाल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रमा तोरण क्षेत्री, विष्णुवहादुर क्षेत्री, रोशन केसी, विष्णु लामिछानेको लगानी रहेनछ । शिव ढकालको चलचित्रमो छायांकन रहनेछ ।

चलचित्रको बिषयमा लेखक सुवेदीले भने–‘चलचित्रले दुई साथीको मित्रता र वैदेशिक रोजगारीको कथालाई उठान गर्नेछ । सानैबाट हरेक काम एकसाथ गर्ने बाचा गरेका २ साथीको मित्रतामा आउने दरार र प्रेमको कथामा चलचित्र बन्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment