+
+
Shares

झापामा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २० गते १५:५८

२० मंसिर, काठमाडौं । झापामा दुई वटा गाडीको ठक्करबाट शुक्रबार बिहान एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ का ७० वर्षीय हरि प्रसाद न्यौपाने रहेका छन् ।

मेचीनगर नगरपालिका-१२ र बुद्धशान्ति गाउँपालिका-३ को सिमानामा पर्ने धाइजन चोकस्थित सडकमा प्रदेश नम्बर १-०१-००१ ज ३४०० नम्बरको बलेरोले ठक्कर दिइ लडेको अवस्थामा मे.१ ज ३१९६ नम्बरको गाडीले पुन: ठक्कर दिँदा न्यौपाने गम्भीर घाइते भएका थिए ।

दुई वटा गाडीको ठक्करबाट गम्भीर घाइते भएका न्यौपानेको बीएनसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?