Comments Add Comment

नेपाल महिला ह्याण्डबलको सेमिफाइनलमा

२० मंसिर, पोखरा । १३ औं साग अन्तरगत महिला ह्याण्डबलको सेमिफाइनल समिकरण पुरा भएको छ ।

आयोजक नेपाल, बंगलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा पुगेको छ । समुह ए बाट भारत समूह विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । समुह बी बाट नेपाल समुह विजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

सेमिफाइनलमा आयोजक नेपाल र बंगलादेश उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा नेपाल र पाकिस्तान तथा भारत र बंगलादेश फाइनलका लागि भिड्नेछन् ।

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको समुह चरणको अन्तिम खेलमा भारत र बंगलादेशले आ–आफ्नो खेल जित्दै सेमिफाइनल पुगेको हो ।

पहिलो खेलमा भारतले पाकिस्तानलाई ४५–२४ ले हराउदै समुह बिजेता बन्यो । भारत र पाकिस्तानबीचको खेल विजेता र उपविजेताको लागि मात्र थियो । समुह ए को माल्दिभ्स भने भारत र पाकिस्तानसग हार्दै बिहीबार नै प्रतियोगिताबाट बाहिरिएको थियो ।

समुह बी अन्तरगत समुह चरणको अन्तिम खेलमा बंगलादेशले श्रीलंकामाथि ३४–१३ गोलको जित निकालेर समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले भने श्रीलंका र बंगलादेशसगको लगातार दुई खेल जित्दै समुह चरणको विजेता बनेर सेमिफाइनल पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment