Comments Add Comment

पेन्सन सुधारको विरोधमा फ्रान्समा हड्ताल, देशभरको जनजीवन प्रभावित

२१ मंसिर, काठमाडौं । फ्रान्समा पेन्सन सुधारको विरोधमा भएको देशव्यापी हडतालले जनजीवन प्रभावित भएको छ । स्कुल, सरकारी कार्यालयको काम प्रभावित भएको छ भने यातायात सेवा लगभग ठप्प छ ।

धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । राजधानी पेरिसमा हालसम्म ८७ जनालाई हिरासतमा लिइएको छ ।

फ्रान्समा कामकाजी वर्ग पेन्सन योजनामा प्रस्तावित सुधारबाट रुष्ट छन् । नयाँ प्रस्तावमा अवकासको उमेर बढाउने प्रस्ताव छ । तोकिएको समय भन्दा अगावै अवकास हुनेले कम रकम पाउने छ ।

पेन्सन सुधारको विरोधमा भइरहेको हड्तालमा शिक्षक, यातायातका कर्मचारीसँगसँगै प्रहरी, वकिल, अस्पतालका कर्मचारी, हवाई अड्डाका कर्मचारी र अन्य कामकाजी मानिसहरु समेत सहभागी छन् ।

राष्ट्रपति इम्यानुयल म्याक्रोले फ्रान्समा एक ‘युनिभर्सल प्वाइन्ट बेस्ड पेन्सन प्रणाली’ शुरु गर्न चाहान्छन् । उनको उद्देश्य फ्रान्सको मौजुदा पेन्सन स्किम लागू गर्ने हो । यद्यपि फ्रान्समा निजी र सार्वजनिक क्षेत्रका कर्मचारीका लागि ४२ अलग-अलग पेन्सन स्किम लागू छ । उनीहरुको अवकासको उमेर हद र उनीहरुले पाउने सेवा सुविधा फरक-फरक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment