Comments Add Comment

१३ औं सागमा आजदेखि जुडो शुरु हुँदै

२२ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपालले स्वर्ण अपेक्षा गरेको खेल जुडोको प्रतिस्पर्धा आजदेखि शुरु हुँदैछ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा हुने जुडोमा केही खेलको स्वर्ण छिनोफानो हुनेछ ।

जुडोमा महिलातर्फ ४८ केजी मुनि, ५२ केजी मुनि, ५७ केजी मुनि र ६३ केजी मुनि समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुषमा ६० केजी मुनि ६६ केजी मुनि र ७३ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यस्तै सातदोबाटोमा सञ्चालन भइरहेको पौडीमा आज ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसमा ४०० मिटर फ्रिस्टायल पुरुष र महिला, २०० मिटर बटरफ्लाई पुरुष र महिला, ५० मिटर ब्याकस्ट्रोक पुरुष र महिला तथा चार गुणा २०० मिटर फ्रिस्टायल रिलेमा प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटोमै बक्सिङका खेलहरु पनि हुनेछन् । बक्सिङमा आज पनि सेमिफाइनल राउण्डको खेल हुनेछ । जसमा नेपालका ५ खेलाडीले खेल्दैछन् । नेपालबाट माला राईले महिला ५१ केजी, चन्द्रकला थापाले महिला ५७ केजी, तेज बहादुर देउबाले पुरुष ५२ केजी, सनिल शाहीले पुरुष ६० केजी र गणेश प्रधानले पुरुष ८१ केजीमा प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी सातदोबाटोमा सुटिङ, टेनिस र स्क्वासले पनि निरन्तरता पाउनेछ । स्क्वासमा आज महिला र पुरुषका फाइनल खेलहरु हुनेछन् । कीर्तिपुरस्थित कभर्डहलमा हुने फेन्सिङमा आज ३ स्पर्धाको फाइनल खेल हुनेछ ।

बास्केटबलतर्फ नेपालको महिला र पुरुष दुवै टिमले आज खेल्दैछ । पुरुष टिमले बिहान साढे १० बजे माल्दिभ्ससँग र महिला टिमले दिउँसो ३ बजे भुटानसँग प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment