+
+
Shares

किम्फ २५ मंसिरदेखि, २९ देशका ६६ फिल्म प्रदर्शन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते ९:४८

२२ मंसिर, काठमाडौं । काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) २५ मंसिरबाट सुरु हुने भएको छ ।

राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा आयोजित महोत्सव २९ मंसिरसम्म सञ्चालन हुने आयोजक हिमाल एसोसियसनले जनाएको छ ।

महोत्सवमा नेपाली पानारोमाअन्तर्गत १४ र २९ देशका ६६ फिल्म प्रदर्शन हुँदैछ । ६९ देशबाट प्राप्त ४ सय २७ फिल्ममध्ये छनोटमा परेका ६६ फिल्म प्रदर्शन गर्न लागिएको हो ।

महोत्सवमा १७ वटा चलचित्र भने प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धाअन्तर्गत पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ पुरस्कार राखिएको छ ।

‘भोइसेस फ्रम द मार्जिन’ अवधारणा रहेको महोत्सवमा तस्वीर प्रदर्शनी, समूहमा छलफल, मास्टर क्लास सञ्चालनजस्ता कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?