Comments Add Comment

सौगात र दयाको फिल्म पनि चलेन, रोकिएन फ्लपको श्रृङ्खला

नेपाली चलचित्रको बक्स अफिसमा निरन्तर चलचित्र असफल हुने श्रृङ्खला रोकिएको छैन । यो बर्ष रिलिज भएका ४ वटा चलचित्रले बाहेक अरुले बक्स अफिसमा कमजोर व्यापार गरेका छन् । यो क्रम तिहारपछि झनै दयनिय बनेको छ ।

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘माछा माछा’को व्यापार पनि निकै नै कमजो रह्यो । चलचित्रको अधिकांश शोज आइतबारदेखि कटौती भएको छ । हुनत, यस्तो खालको अवस्था नेपाली चलचित्रमा मात्र नभए हिन्दी चलचित्रमा पनि उस्तै छ । बलिउडमा राम्रै कमाई गरिरहेका चलचित्रले पनि नेपालमा कमजोर कमाई गरिरहेका छन् ।

नायक सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ठ, बिजय बराल जस्ता कलाकार भएको चलचित्र ‘माछा माछा’ले न त समिक्षकको राम्रो प्रशंसा नै पायो, न त हलमा दर्शकको साथ नै पायो ।

यही मितिमा रिलिज भएको अर्को चलचित्र ‘माया पिरिम’ भने हलमा रिलिज भएको दर्शकले पत्तो नै पाएनन् । यो महिना मात्र ‘च च हुई, सरौतो, लभ यू हमेशा, माछा माछा, माया पिरिम’ बक्स अफिसमा असफल भैसकेका छन् । कात्तिक महिनामा रिलिज भएका ‘बादशाह जुट, घामड शेरे, जीवन काँडा कि फूल, मिस्टर नेपाली’ लगायतका चलचित्र पनि बक्स अफिसमा पूर्ण रुपमा असफल भए ।

नेपाली चलचित्रप्रति दर्शकको चाहना कम भएको या राम्रो चलचित्र नआउँदा दर्शक हलसम्म आउन नसकेका हुन् भन्ने विश्लेषण गर्न आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment