Comments Add Comment

आर्चरीमा नेपाललाई एक रजतसहित ३ पदक

२२ मंसिर, पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा जारी आर्चरी खेलमा नेपालले एक रजत सहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ रजत पदक प्राप्त गरेको हो ।

आइतबार भएको फाइनल खेलमा बंगलादेशसँग पराजित हुँदा इमायुङ राई र शान्त मल्लले रजत जिते । उक्त इभेण्टमा श्रीलंकाले कास्य पदक हात पार्न सफल भएको छ ।

१० वटा स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा अहिलेसम्मका सबै ६ वटा स्वर्ण बंगलादेशले जितेको छ । बंगलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्सतर्फ स्वर्ण पदक हात पार्‍यो ।

त्यस्तै कम्माउण्ड पुरुष तर्फ नेपालले कास्य पदक जित्यो । आइतबार नेपालका मीनप्रसाद गौचन, सन्त मल्ल र योगेन्द्र शेरचनले कास्य जिते ।

कम्पाउण्ड महिला तर्फको खेलमा नेपालले सिधै वाई पाएर कास्य पदक प्राप्त गर्न सफल भएको छ । यस इभेण्टमा भुटान सहभागी नभएपछि नेपाललाई सहज कास्य पदक प्राप्त भएको हो । नेपालको टिममा मोनिका राना मगर, मन्जु बजगाई र इमायुङ राई रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment