+
+
Shares

कर्मचारीकै कारण नेताहरुले पनि भ्रष्टाचार गर्छन् : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २३ गते १४:५४

२३ मंसीर, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीकै कारण भ्रष्टाचार भइरहेको बताएका छन् । राजनीतिक दलका नेताहरुले भ्रष्टाचार गरेपनि त्यो बाटो कर्मचारीहरुले नै खोलिदिने गरेको उनले बताए ।

भ्रष्टाचारविरुद्वको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले कर्मचारीले बाटो नबनाइदिएसम्म नेताले भ्रष्टाचार गर्न नसक्ने बताए । उनले भ्रष्टाचार हुन नदिन कर्मचारीलाई इमान्दार बन्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यालयको भित्तामा स्लोगन टाँसेर मात्रै भ्रष्टाचार नियन्त्रण हुन नसक्नेमा जोड दिँदै मुख्यमन्त्री राउतले भ्रष्टाचारीलाई समाजले पनि तिरस्कार गर्नुपर्ने बताए । “सामाजिक अवस्थाले पनि भ्रष्टाचारलाई प्रोत्साहित गरेकै छ,” उनले भने, “अब भ्रष्टाचारीलाई तिरस्कार गर्ने वातावरण बनाउनु जरुरी छ ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख नारायण प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख तिलक परियार, प्रदेशका भौतिक योजना तथा निर्माण मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह, पर्यटन मन्त्री राम नरेश राय, राज्यमन्त्री डिम्पल झासहितको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?