Comments Add Comment

कोहलपुर घटना : निषेधाज्ञा हट्यो, डीएसपी पनि फेरिए

२४ मंसिर, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा लगाइएको निषेधाज्ञा हटाएको छ ।

आइतबार कोहलपुर–६ मा ना २ ख ९४५९ नम्बरको ट्रकको ठक्करबाट कोहलपुर–१० कि प्रकृति चन्द घाइते भएपछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा लगाइएको निषेधाज्ञा मंगलबार बिहान १०ः३० बजेबाट पूर्ण रुपमा हटाइएको हो ।

यो पनि पढ्नुहोस किन अशान्त भयो कोहलपुर ?

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार २२ गतेदेखि पूर्वमा चप्परगौंडी, पश्चिममा किरण नाला, उत्तरमा नौबस्ता र दक्षिणमा पिपिरीसम्म अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी भएको थियो ।

यो पनि पढ्नुहोस कोहलपुर घटनाबारे अनेरास्ववियू : सुरक्षाकर्मीले आगोमा घीउ थपे

यसैबीच, इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएका छन् । जिल्लामा कार्यरत डीएसपी शिवबहादुर सिंहलाई अहिले कोहलपुरमा पठाइएको छ ।

यसअघि तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही विवादमा मुछिएका थिए ।

यो पनि पढ्नुहोस विवादमा मुछिए कोहलपुरका डीएसपी शाही यो पनि पढ्नुहोस कोहलपुर घटना : गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment