+
+
Shares

लागूऔषधसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते १४:३६

२४ मंसिर, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले लागूऔषध चरेससहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज १९ बस्ने ६० वर्षीय रामबालक बैठा पक्राउ परेका हुन् । उनको साथबाट ११ किलो ८ सय ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बैठा जीतपुरतर्फबाट वीरगञ्जतिर साइकलमा आउँदै गर्दा चरेशसहित पक्राउ परेका थिए । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

यसैगरी प्रहरीले वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानबाट भन्सार छली भित्र्याइएका समानहरु बरामद गरेको छ ।

ब्लाउजका कपडा ४ थान, २ बोरा चिनी, २७ प्याकेट राज निवास, ७९ थान कट्टु र २५ थान गञ्जी बरामद गरेको हो । बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?