Comments Add Comment

आतिसवाजीमा प्रयोग भएका पटाका पड्किएर घाइते भएका बालकको मृत्यु

२४ मंसीर, जनकपुरधाम । जनकपुरमा आयोजना गरिएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको कुस्ती खेलको उद्घाटनका क्रममा गरिएको आतिसवाजीका कारण एक जना बालकको ज्यान गएको छ ।

गत मंसीर २० गते कुस्ती खेल उद्घाटन भएको जनकपुरधाम उपमहानगरपालिका-१३ स्थित कभर्ड हल नजिकै पटाका पड्काएर आतिसवाजी गरिएको थियो । आतिसवाजीका क्रममा केही पटाका पड्किएका थिएनन् ।

भोलिपल्ट शनिबार नपड्केको पटाका आफ्नो घरमा लगेर पड्काउँदा स्थानीय ११ वर्षीय आलोक राउत गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा प्राथमिक उपचार गराइ थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

बालकको उपचारकै क्रममा धरानमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । उनको मंगलबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको खबर प्राप्त भएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

आतिसवाजी गर्नेहरुको लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै स्थानीयहरुले दोषीलाई कारबाहीको माग गर्दै क्षतिपूर्ती उपलब्ध गराउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment