Comments Add Comment

करोडौं ठगी गर्ने गिरोह पक्राउ, बैंक हृयाक गर्ने गिरोहसँग कनेक्सन

२५ मंसिर, काठमाडौं । प्रहरीले अनलाइन ठगी र बैंकको सिस्टम हृयाक गर्ने एउटा गिरोहलाई पक्राउ गरेको छ ।

आकर्षक उपहार पर्‍यो भन्दै सार्वसाधारणलाई ठगेको आरोपमा प्रहरीले यो समूहलाई पक्राउ गरेको थियो । तर अनुसन्धानका क्रममा कृषि विकास बैंकको हृयाकिङमा संलग्नहरुसँग समेत उनीहरुको कनेक्सन देखिएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने, ‘करिव १६/१७ करोडको कारोबार देखिन्छ ।’

उनका अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खातावाला शंकास्पद व्यक्तिका नाममा रकम भेटिएको र यसबारे अनुसन्धान गर्न पत्राचार भइरहेको छ ।

यसबारे जानकारी दिन प्रहरीले आजै पत्रकार सम्मेलन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment