Comments Add Comment

के कुरामा सधै गोपनियता अपनाउनुपर्छ ?

सबै कुरामा खुल्न राम्रो मानिदैन । कतिपय यस्ता कुरा हुन्छन्, जसमा गोपनियता अपनाएको वेश हुन्छ । खासगरी पारिवारिक र नितान्त व्यक्तिगत कुरा गोप्य राख्नुपर्छ ।

एकातिर हामी पारदर्शी हुनुपर्छ । मनको कुरा खोल्नुपर्छ भन्छौं । तर, कतिपय कुरा सबैसँग साझेदार गर्नु राम्रो हुँदैन । भएभरका कुरा अरुसँग साझेदार गर्दा त्यसले आफ्नो व्यक्तित्व खराब हुने मात्र होइन, अप्ठ्याराहरु पनि आउन सक्छ । त्यसैले मुखलाई नियन्त्रण गर्नुपर्छ ।

अपमानको कुरा

यदि कुनै कारणले कतै अपमानको सामना गरिएको छ भने त्यसलाई गोप्य राख्नु नै उचित हुन्छ । यो कुरा अरुलाई थाहा भयो भने उनीहरुले मजाक बनाउनेछन् ।

धन हानी भएको कुरा

अहिलेको युगमा धन सम्पत्तिलाई नै कुनै पनि व्यक्तिको शक्ति र सामर्थ्यको मुख्य सूचक मानिन्छ । सामान्यतया धनकै आधारमा सम्वन्धहरु बन्छन् र भत्किन्छन् । अतः यदि कहिल्यै धन हानीको सामना गर्नुपर्‍यो भने यस कुरालाई गोप्य नै राख्नु उचित हुन्छ ।

आफ्नो धन नाश भएको अरुलाई सुनाउँदै हिँड्ने हो भने साथीभाईले समेत दुरी बढाउन थाल्नेछन् ।संकटको बेला सहयोग गर्न पनि कोही निस्किदैन । साथै एकाएक कतैबाट ठूलो धनराशी आर्जन भयो भने यो कुरालाई पनि गोप्य नै राख्नु पर्छ ।

पति-पत्नीको एकान्त

पति-पत्नीले आफ्नो एकान्तको विशेष ख्याल राख्नुपर्छ । एकान्तमा गरिएका कुराहरु सधै गोप्य राखिनु उचित हुन्छ । यदि पति-पत्नीको एकान्तका कुराहरु अरुलाई थाहा भयो भने यसले उनीहरुको चरित्र र सामाजिक जीवनलाई राम्रो गर्दैन ।

दान दिएको कुरा

गुप्त दानको विशेष महत्व ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । जो मानिसहरु गोप्यरुपमा दान गर्छन्, उनीहरुलाई देवी-देवताको कृपाले सबै सुख सुविधाहरु प्राप्त हुन्छन् । धेरै हल्लाखल्ला गरेर गरिएको दानले पुण्य प्राप्त हुँदैन ।

पद-प्रतिष्ठा

कुनै ठूलो पदमा पुगियो र त्यसवापत प्रशस्त मान-सम्मान प्राप्त गरियो भने यस कुरालाई गोप्य राख्नुपर्छ । अर्को व्यक्तिलाई यस्तो कुरा सेयर गर्नुभयो भने उभित्र ईष्र्याको भावना जाग्नेछ र आफु बिरुद्ध षडयन्त्र गर्न थाल्नेछ । यसबाट हामीले आर्जन गरेको पद र प्रतिष्ठा पनि गुम्ने खतरा हुन्छ ।

घरभित्रको झगडा

अधिकांश परिवारमा स-साना झैंझगडा भइरहन्छन् । तर, घरभित्रको आपसी झगडा कहिल्यै पनि बाहिर फैलाउनु हुँदैन । यसो गर्दा समाजमा परिवारको प्रतिष्ठामा आँच आउनेछ । साथै आन्तरिक झगडाबाट बाह्य तत्वहरुले फाइदा उठाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment