Comments Add Comment

रौतहटमा दुई जना पुरुष मृत भेटिए

२५ मंसिर, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा दुुई जना पुरुषको शव फेला परेको छ । अलग अलग स्थानमा मृत भेटिएका दुवै शवको पहिचान हुन सकेको छैन ।

चन्द्रनिगाहपुर बजारमा एक जना र राजमार्गमा एक जना गरी दुई जनाको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । चन्द्रनिगाहपुरको उतर भाग बजार क्षेत्रमा भेटिएको अन्दाजी ३२ वर्षीय पुरुषको शव दुर्घटनामा परेको जस्तो देखिएको छ । रातिको समयमा कुनै सवारी साधनले ठक्कर दिए पछि उक्त पुरुषको घटनास्थलमै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

यसै गरी राजमार्गमा भेटिएको शव भने मागेर खाने व्यक्तिको हुन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

शव पहिचानको लागि अनुसन्धान भइरहेको र दुवै जनाको शवलाई चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment