Comments Add Comment

करिश्माको आक्रोश–‘हामीले भोगेको घाम, पानी र तिर्खाको बेमत्तलव ?’

नायिका करिश्मा मानन्धरले आफूहरुले भागेको घाम, पानी, भोक, तिर्खाको बेमतलव भन्दै प्रश्न गरेकी छिन् । चलचित्र सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा सहभागी भएर फर्किएपछि करिश्माले आक्रोश पोखेकी हुन् । उनले लेखेकी छिन्–‘एक वक्ताले भन्नुभयो कि सिनियरहरुले भन्नुहुन्छ नेपाली चलचित्रको इतिहास ५० बर्षको छ । तर, म यो मान्दिन । नेपाली चलचित्रको इतिहास १० बर्षको मात्र छ ।’

करिश्माले ती वक्ताप्रति आक्रोश पोख्दै लेखेकी छिन्–‘त्यसो भए त के हामी अस्तित्वमा थिएनौ । हामीले भोगेको घाम, पानी, तिर्खाको वेमतलव ?’

करिश्माले आफूले जुन समयबाट चलचित्र क्षेत्र सुरु गर्यो, सोही समयबाट मात्र चलचित्रको इतिहास सुरु भएको भन्नु संकुचित सोच भएको समेत उल्लेख गरेकी छिन् । उनले अगाडि भनेकी छिन्–‘यो दश बर्षको विचमा म त खोई, आठ–दस वटा भन्दा बढी चलचित्रको नाम गन्न सक्दिन, जुन उत्कृष्ट थिए । जबकी रहेक बर्ष सयौ चलचित्र बन्छन् ।’

करिश्माले नेपाली चलचित्रमा आज पनि राज गर्ने हल मालिक, वितरक, निर्माताको उदय ने ९० र २००० को दशकमा भएको समेत उल्लेख गरेकी छिन् । उनले, इतिहासलाई टेकेर नै सबै जना उभिएको भन्दै यसलाई नभुल्न चेतावनी समेत दिएकी छिन् । करिश्माले, जो माथि आक्रोश पोखिन्, उनको नाम भने सामाजिक संजालमा उल्लेख गरेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment