Comments Add Comment

कालोपट्टी बाँधेर र कविता टाँसेर भारतको विरोध

२५ मंसिर, काठमाडौं । नेपाली श्रष्टाहरुले नौलो शैली अपनाएर नेपाली भूमि अतिक्रमण गर्ने भारतको विरोध जनाएका छन् । क्रान्तिकारी मार्क्सवादी तथा देशभक्त युवाहरुको समूहले बुधबार काठमाडौंको सडक किनारका भित्तामा कविता टाँसेर र टाउकोमा कालोपट्टी बाँधेर विरोध जनाएको हो । सो क्रममा उनीहरुले आफ्ना रचना वाचन पनि गरेका थिए ।

भारतले नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभागमा अतिक्रमण गरेपछि ‘सडक कविता आन्दोलन’को दोस्रो कार्यक्रमअन्तर्गत यसरी विरोध जनाइएको हो । उनीहरुले पहिलो कार्यक्रमअन्तर्गत मंगलबार पनि सडकमै उभिएर राष्ट्रवादी कविता वाचन गरेका थिए ।

बुधबारको कार्यक्रममा सडक कविता आन्दोलनका संयोजक रसुवाली कवि, बीपी विद्रोही, दिपेन सिम्खडा, दामोदर ढकाल, रत्न प्रसाद अनाममणी, नवराज विष्ट, रणबहादुर राना लगायत सहभागी थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

श्रष्टाहरुले ‘सडक कविता आन्दोलन’ कार्यक्रम निरन्तर अगाडि बढाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment