Comments Add Comment

भ्रमण वर्ष २०२० : प्रदेश ५ मा ठाकुरद्वाराबाट शुभारम्भ गरिने

२५ मंंसिर, बुटवल । प्रदेश ५ को प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वाराबाट नेपाल भ्रमण वर्ष सन् २०२० को कार्यक्रमको शुभारम्भ गरिने भएको छ । प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ उद्घाटन कार्यक्रम प्रभावकारी र आकर्षक बनाउन तयारी थालेको हो ।

सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य छ । प्रदेश सरकारले नयाँ वर्षसँगै भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घाटन गर्ने प्रदेश संयोजक तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बताए ।

भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घाटन ५ नम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भ्रमण वर्ष पर्यटन प्रवद्र्धन समितिले तयारी तीब्र पारेको जनाएको छ ।

मन्त्री गिरीले पर्यटन प्रवर्द्धन समिति सचिवालयको बैठक बोलाएर तयारी तीब्र पानर्ए निर्देशन समेत दिए ।

बर्दियाको ठाकुरद्वारामा नयाँबर्षको दिन बिहान ११ बजे मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने छन् ।

कार्यक्रममा प्रदेशका अन्य मन्त्री, सांसद, सचिव, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रवर्द्धन समितिका ५/५ जना सदस्य, १ स्थानीय तहका प्रमुख उपप्रमुखलाई निमन्त्रणा गरिएको छ ।

प्रदेश नं. ५ सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल र प्रभावकारी रुपले सञ्चालन गर्ने आधार तयार गर्न लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरेर यसका बिभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको प्रचार प्रसार संयोजक भरत केसीले बताए ।

उद्घाटन कार्यक्रमलाई व्यवस्थित बनाउन बर्दिया जिल्लाका होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन समिति, सञ्चार क्षेत्र तथा विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गर्ने, कार्यक्रममा विभिन्न भाषाभाषी तथा संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नाच प्रस्तुत गर्ने निर्णय गरिएको प्रदेश समितिका सहसंयोजक माधव नेपालले बताए ।

उद्घाटन समारोहमा स्थानीय तहमा समेत भ्रमण वर्षमा गरिने कार्यक्रम घोषणा गर्न जिल्ला पर्यटन प्रवर्द्धन समितिमार्फत माग गर्ने निर्णय समेत गरिएको छ । उद्घाटनका दिन जनवरी १ तारिखमा बिहान ७ बजे बाँके जिल्लाको गावर भ्याली क्षेत्रमा जंगल सफारीको समेत उद्घाटन गरिनेछ ।

उद्घाटन कार्यक्रमलाई थप भव्य बनाउन होटल व्यवसायी संघ ५ नम्बर प्रदेशले २०२० जना भारतीय पर्यटकलाई समेत सहभागी गराएर विशेष छुटमा एक रात दुई दिन नेपाल बस्ने व्यवस्था मिलाउने तयारी गरेको संघका प्रदेश समिति अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए । अन्य विदेशी पर्यटक आए उनीहरूलाई पनि विशेष छुट सहितको खाने–बस्ने व्यवस्था गरिने छ ।
नेपालका ७ वटै प्रदेशमा भ्रमण वर्ष २०२० मा विभिन्न कार्यक्रम हुदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment