Comments Add Comment

उधौलीमा जनजाति महासंघको गुनासो : महेन्द्रकालीन झल्को आयो !

२६ मंसिर, काठमाडौं । सरकारले किरात समुदायको उधौली पर्वमा बिदा नदिएको भन्दै नेपाल आदिवासी जनजाति महासंघले आपत्ति जनाएको छ । वर्तमान सरकारमा महेन्द्रकालीन झल्को आएको आदिवासी जनजाति महासंघको आरोप छ ।

उधौली पर्वलाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरेर दिइँदै आएको एक दिनको सार्वजनिक बिदा सरकारले कटौती गरेको भन्दै महासंघका अध्यक्ष जगत बरामले बिहीबार विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।

महासघंले राष्ट्रिय पर्वहरूको बिदा यथावत कायम राख्न सरकारसँग आग्रह गरेको छ । बरामद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बहुसांस्कृतिक देश नेपालमा विद्यमान सरकारले महेन्द्रकालीन शासन व्यवस्थाको झल्को दिने गरी एकल सांस्कृतिक सोच, चिन्तन, नीति र निर्णयका आधारमा आदिवासीको पहिचान, स्वाभिमान, सम्मान, संस्कृतिमाथि गरिरहेको प्रहारको विरुद्ध सम्पुर्ण आदिवासी जनता एकतावद्ध हुन आह्वान गरिएको छ ।

किराती समुदायले आज मंसिर पुर्णिमाको दिन उधौली पर्व मनाउने गर्छन् । यो चाड मुख्यतः राई, लिम्बु सुनुवार, याक्खा, थामी, सुरेल, जिरेल, धिमाल, बराम र हाय जातिले प्रकृति पूजा गरी मनाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment