Comments Add Comment

‘चालबाज’मा पुष्पको इन्ट्री

सौरभ इन्टरटेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा निर्माण भैरहेको चलचित्र ‘चालबाज’मा नायक पुष्प खड्का आवद्ध भएका छन् । यतिबेला यो चलचित्रको छायांकन दार्जिलिङमा भैरहेको छ ।

चलचित्रमा आवद्ध भएको पुष्टी गर्दै नायक पुष्प खड्काले भने–‘चलचित्र कमेडी जनरामा निर्माण भैरहेको छ । मलाई चलचित्रको कथा र मेरो भूमिका मन परेपछि काम गर्न तयार भएको हुँ ।’

पुष्प २–३ दिनमा छायांकन स्थलमा पुग्नेछन् । यो चलचित्रमा नायिका केकी अधिकारी, कलाकार वुद्दि तामाङको मुख्य भूमिका छ । पुष्प पनि चलचित्रमा जोडिएपछि चलचित्रका कलाकारको टिम झनै बलियो बनेको छ ।

अरुण तामाङको लगानीमा बनिरहेको चलचित्रलाई कैलाश राइले निर्देशन गरिरहेका छन् । चलचित्रमा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत छ ।

यो बर्ष पुष्प अभिनित दुई चलचित्र ‘दाल भात तरकारी र मारुनी’ रिलिज भएका थिए । पुष्पको अभिनय र डान्सलाई दर्शकले रुचाएका छन् । युवापुस्तामा लोकप्रिय बनिरहेका नायकले ‘चालबाज’बाट बक्स अफिसमा कस्तो चाल चल्ने हुन्, यसका लागि चलचित्रको रिलिजसम्म प्रतिक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment