Comments Add Comment

टाटा मोटर्सको सोरुममा ‘विन्टर व्लेसिङ’

२७ मंसिर, काठमाडौं । टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडीङले जाडोको अवसरमा ‘विन्टर व्लेसिङ’ कार्यक्रम आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित सोरुममा शुक्रबारदेखि सुरु भएर आइतवारसम्म संचालन हुने भएको छ।

ग्राहकले टाटा मोटर्सका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जको सुविधा पनि उपलब्ध गराएको छ।

त्यस कार्यक्रममा नगद छुट, डोर प्राईज, गाडी सजावटका सामानहरु, बीमा सुविधा, एक बर्षको सवारी कर, प्रत्यक गाडीको मुल्याङ्कनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगायतका विशेष आर्कषण छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment