Comments Add Comment

गौरिका सिंहले ५९ लाख पाउने पक्का

२६ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी पदक जितेकी गौरिका सिंहले ५९ लाख रुपैयाँ पाउने भएकी छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक पाउने खेलाडीले ९ लाख, रजतले ६ लाख र कांस्यले ३ लाख दिने घोषणा गरेका थिए । एकभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख तथा टिम इभेन्टमा स्वर्ण जित्नेलाई ५ लाख रुपैयाँ दिने उनले बताएका थिए ।

तर एकभन्दा बढी स्वर्ण जित्नेहरुले कति पाउने भन्नेमा अधिकारीहरु नै अलमलमा देखिएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गौरिकाले ६५ र दुई स्वर्ण जित्ने मण्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङले २२/२२ लाख रुपैयाँ पाउने बताएका थिए । राष्ट्रिय खेलकुद परिषद्को प्रस्ताव भने एकभन्दा बढी स्वर्ण जित्नलाई ११ लाख रुपैयाँ दिने थियो ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीको सरप्राइज प्याकेज : टिम इभेन्टका पदक विजेता निराश ! बिहीबार एक कार्यक्रममा राखेप सदस्य सचिप रमेश सिलवालले गौरिकाले ५९ लाख रुपैयाँ पाउने हिसाब सुनाए । चार स्वर्णको ११ लाखका दरले ४४ लाख पाउनेछिन् भने दुई रजततको ६ लाखका दरले १२ लाख । तीन कांस्य टिम इभेन्टमा जितेकाले जम्मा तीन लाख गरी कुल ५९ रुपैयाँ पाउने भएकी हुन् ।

उनले भने,’एक स्वर्ण जित्नेले ९ लाख पाउनुहुन्छ । एकभन्दा बढि स्वर्ण जित्नेले ११ लाखको दरले पाउनुहुन्छ । गौरिका सिंहले ११ लाखको दरले करिब ५९ लाख पाउनुहुन्छ । यसमा द्धिविधा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment