Comments Add Comment

सिड्नी आइपुग्यो नेपथ्यको टोली, सांगीतिक प्रस्तुति शनिवार

Photo Credit : सुमन श्रेष्ठ

सिड्नी । अष्ट्रेलिया यात्रामा रहेको नेपाली लोकरक सांगीतिक ब्यान्ड नेपथ्य सिड्नीमा आइपुगेको छ ।

आगामी शनिबार सिड्नीमा आयोजना हुने विशेष सांगीतिक कार्यक्रमका लागि अन्य सहरको प्रस्तुति सकेर नेपथ्यको टोली सिड्नी आइपुगेको हो ।

सिड्नी आइपुगेका नेपथ्य ब्यान्डका लिडर तथा प्रमुख गायक अमृत गुरुङले बुधबार आयोजक, प्रायोजक र प्रशासकसँग भेट गरेका छन् ।

भेटका क्रममा आयोजक नेपाली टचले शनिवारको कार्यक्रममा अस्ट्रेलियाकै सबैभन्दा भब्य हुने दाबी गरेको छ ।

 कार्यक्रमको मुख्य प्रायोजक एक्सपर्टका निर्देशक सञ्जीव शर्माले नेपाली संगीतका सम्मानित व्यक्तित्व र ब्यान्डलाई सिड्नीमा पाउँदा नेपाली समुदाय गौरवान्वित भएको बताए ।

कार्यक्रम सिड्नीको हारबोर पुलको पूर्वी किनारमा रहेको चर्चित लुना पार्कमा आयोजना हुँदैछ । यो ओपेरा हाउस नजिकै हो ।

कार्यक्रममको तयारी पूरा भइसकेको आयोजक संस्था नेपाली टचका प्रमुख कार्यकारी अधिकृत राजकुमार गोस्वामीले बताए । पाँच वर्षमाथिका बच्चाहरुसमेत अभिभाबकसँगै कार्यक्रममा आउन सक्ने उनले बताए ।

कार्यक्रममा झण्डै तीन हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकको छ ।

सांगीति प्रस्तुतिमा सहभागी हुनका लागि प्रतिव्यक्ति ५५.९५ अष्ट्रेलियन डलर टिकटको व्यवस्था गरिएको छ ।

यो नेपथ्यको पाँचौ अस्ट्रेलिया भ्रमण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment