News Summary
Generated by OK AI. Editorially reviewed.- लोकप्रिय नेपाली लोकरक ब्याण्ड नेपथ्यले प्रतिनिधिसभा निर्वाचनमा मताधिकार प्रयोग गर्न नागरिकलाई आग्रह गरेको छ।
- ब्याण्डका प्रमुख गायक अमृत गुरुङले फागुन २१ मा हुने चुनावमा सबैले मतदान गर्नुपर्ने बताउनुभयो।
- नेपथ्यले बन्दीपुर कन्सर्टमा राष्ट्रिय एकता र मताधिकार प्रयोगको महत्त्वबारे बोलेको थियो।
बन्दीपुर (तनहुँ) । लोकप्रिय नेपाली लोकरक ब्याण्ड ‘नेपथ्य’ ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा मताधिकारको प्रयोग गर्न नागरिकलाई आग्रह गरेको छ । केही दिनअघि यहाँ आयोजित भब्य कन्सर्टमा ब्याण्डका प्रमुख गायक अमृत गुरुङले स्टेजमार्फत भोटको अधिकार प्रयोग गर्न आग्रह गरे ।
‘फागुन २१ मा चुनाव हुँदैछ । सबैजना आ-आफ्नो ठाउँबाट गएर नागरिकको रुपमा मताधिकार प्रयोग गर्नूस’ गुरुङले भने, ‘हाम्रो देश अरु कोही आएर बनाइदिन्न । हामी आफैले बनाउने हो ।’
उनले सबैभन्दा आफूहरू नेपाली भएको बताउँदै चन्द्रसूर्य रहेसम्म नेपाल रहिरहने बताए । उनले नेपाली- नेपालीबीच राष्ट्रिय एकता जरुरी रहेको बताउँदै सबैजना नेपाली एक भएमा कसैले नेपाललाई हेप्न नसक्ने बताए ।
पछिल्लो महिना लगातार ४ ठाउँमा ब्याण्डले कन्सर्ट गरेको थियो । ती सबै ठाउँको प्रस्तुतिमा गुरुङले मताधिकारको प्रयोगदेखि राष्ट्रिय एकता र भावनाबारे बोलेका थिए ।
दशौं हजार सहभागी बन्दीपुर कन्सर्टमा गुरुङले मताधिकारको प्रयोग गर्न आग्रह गर्दा उपस्थित सबैले तालीले समर्थन जनाएका थिए । ब्याण्डले आफ्ना हिट गीतहरूमार्फत उक्त अवसरमा दर्शकलाई नचाएको थियो ।
अबको दुई सातापछि ब्याण्ड भारतको सिलिगुढीमा पहिलोपटक गुञ्जिने तयारीमा छ । सरकारले २१ फागुनलाई प्रतिनिधिसभा चुनावको मिति तोकेको छ ।
प्रतिक्रिया 4