Comments Add Comment

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

२९ मंसिर, काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ छ किलोमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

दोलखाको कालिन्चोक मन्दिर दर्शन गरेर काठमाडौं फर्केका यात्रु चढेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस लामोसाँघु-जिरी सडक खण्डको छ किलोमा सडकबाट ५ सय मिटर तल खस्दा १५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

दुर्घटनामा ९ महिला, ३ पुरुष, एक बालिका र दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ का २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङ रहेका छन् ।

त्यस्तै  दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत र ३२ वर्षकी चिनु बस्नेत,  भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसीको पनि मृत्यु भएको छ । दुई जनाको भने नाम र ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये १४ जनाको काठमाडौंको ह्याम्स अस्पताल, २ जनाको काठमाडौं मेडिकल कलेज, ३ जनाको धुलिखेल अस्पताल र एक जनाको सिन्धुपाल्चोक खाडीचौरको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment