+
+
Shares

सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते ६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको काइके गाउँपालिका-७ लावनमा सडक निर्माणका क्रममा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष भीमबहादुर बूढा घाइते भएका छन्।
  • बिहीबार दिउँसो करिब ४ बजे खसेको पहिरोमा घाइते बूढालाई स्थानीय र नेपाल प्रहरीको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको छ।
  • जिल्ला अस्पतालका अनुसार बूढाको ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ र उपचार भइरहेको छ।

२७ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा सडक निर्माणका क्रममा ढुङ्गासहितको पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष घाइते भएका छन् ।

जिल्लाको काइके गाउँपालिका-७ लावनमा सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा सोही वडाका ३४ वर्षीय कार्यवाहक वडा अध्यक्ष भीमबहादुर बूढा घाइते भएका हुन् ।

बिहीबार दिउँसो करिब ४ बजेतिर सडक निर्माण भइरहेको स्थानमा माथिबाट एक्कासि ढुङ्गासहितको सुक्खा पहिरो खस्दा उनी घाइते भएका हुन् ।

पहिरोमा परी घाइते भएका बूढालाई स्थानीय र नेपाल प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको छ ।

जिल्ला अस्पतालका अनुसार घाइते कार्यवाहक वडा अध्यक्ष बूढाको ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?