Comments Add Comment

जामियाको भिडियोमा लाइक गर्दा अक्षयको आलोचना, भने–‘गल्तीले भयो’

भारतमा यतिबेला नागरिकता संसोधन कानुनको विरुद्धमा आन्दोलन चर्किएको छ । दिल्लीस्थित जामिया मिलिया स्लामियाका विद्यार्थीहरुले पनि आन्दोलनमा आफ्नो सहभागीता जनाइरहेका छन् । प्रहरीले जामियाका विद्यार्थीहरुको आन्दोलनमा गरेको दमनको भिडियो सामाजिक संजालमा भाइरल भैरहेका छन् । अब, यो आन्दोलनमा नायक अक्षय कुमारको नाम पनि जोडिएको छ ।

जामिया हिंसाको एक भिडियोमा लाइक गरेर बलिउड नायक अक्षय कुमार आलोचित भएका छन् । ‘बधाई छ, जामियामा स्वतन्त्रता मिलेको छ’ भन्ने एक भिडियोमा अक्षयले लाइक गरेका थिए ।

अक्षय कुमारले लाइक गरेको भिडियो स्क्रिनसर्ट अहिले ट्विटरमा शेयर भैरहेको छ । ट्विटरमा अहिले ‘क्यानेडियन अक्षय कुमारलाई बहिष्कार गरौ’ भन्दै ‘बाइकट क्यानेडियन अक्षयकुमार’ नाममा ह्यासट्याग नै चलेको छ ।

धेरैले अक्षय कुमारलाई क्यानडा नै फर्किन सुझाव दिएका छन् । ट्विटरमा आलोचित भएपछि अक्षयले गल्तीले भिडियो लाइक भएको भन्दै माफी मागेका छन् । उनले लेखेका छन्–‘जामिया मिलिया छात्राको भिडियो लाइक गरेको बिषयमा म बताउन चाहन्छु कि, यो गल्तीले भएको हो । मैले ट्विटर चलाउँदै गर्दा गल्तीले यो लाइक भयो । र, मैले यसलाई डिसलाइक पनि गरिसकेको छु । म यस्ता खालका घटनाको समर्थन गर्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment