Comments Add Comment

विद्या भट्टराईले लिइन् सांसदको शपथ

१ पुस,काठमाडौं । कास्की २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलवार पद तथा गोपनियताको शपथ लिएकी छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् ।

सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ । शपथ ग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति थियो ।

संसद सचिवालयमा सपथग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै  सांसद भट्टराईले संविधानले निदृष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने भन्दै तीन वर्षमा नीति निर्माण र विकास निर्माणका काम पूरा गर्ने प्रतिवद्धता जनाइन्  ।  ‘पाँच वर्षका लागि भएको निर्वाचनमा २ वर्षपछि उपनिर्वाचन भएको छ । तीन वर्ष बाँकी छन् । यो अवधिमा पहिलो नीति निर्माणमा भूमिका खेल्ने हो । दोस्रो विकास निर्माणमा अपूर्ण रहेका कामहरु पूरा गर्ने हो । यी दुबै काम तीन वर्षमा पूरा गर्ने प्रतिवद्धता जनतामाझ गरेको छु । यी कामहरु पूरा गर्छु’ उनले भनिन् ।

भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । स्वर्गीय रवीन्द्र अधिकारीको स्थानमा उनकै पत्नीलाई नेकपाले उम्मेदवार बनाएको थियो ।

तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवसम्म भएकी भट्टराई पछिल्लो समय प्राध्यापन पेशामा थिइन् । भट्टराई २० वर्षपछि सांसद बनेर पुनः राजनीतिमा फर्किएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment