Comments Add Comment

एक्सेलट्रिपको सेवा अब नेपालमा पनि

१ पुस, काठमाडौं । एक्सेलट्रिप ग्लोबलले नेपालमा सेवा विस्तार गरेको छ । नेपालको पर्यटन प्रवद्र्धन र नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने भन्दै एक्सेलट्रिपले नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा नेपालमा सेवा विस्तार गरेको हो ।

एक्सेलट्रिप नेपालका नाममा यस कम्पनीले अब नेपालमा पर्यटक भित्र्याउन भूमिका खेल्नेछ ।

१५ लाख होटल र ४ सय वायुसेवा कम्पनीलाई आफ्नो सञ्जालमा समेटेको एक्सेलट्रिप अनलाइन ट्राभल प्लेटफर्म हो । एक्सेलट्रिप १४ मुलुकमा फैलिसकेको छ ।

एक्सेलट्रिप स्वदेशी एवं विदेशी व्यवसायिक इन्जिनियर कार्यरत नेपालमै विकसित भएको अनलाइन होटल तथा एअरलाइन्स बुकिङ इन्जिन हो । यसले पर्यटकलाई होटल खोज्न र होटललाई ग्राहक खोज्न सहयोग पुर्‍याउँछ ।

एक्सेलट्रिपले देशकमा सातै प्रदेशभित्रका आतिथ्य सेवा प्रदायकसँग मिलेर काम गर्ने र काठमाडौं, पोखरा तथा चितवनमा केन्द्रित पर्यटकलाई ग्रामीण भेगसम्म लैजाने योजना बनाएको छ ।

एक्सेलट्रिपमार्फत नेपालीले स्थानीय बैंकद्वारा जारी भिसा र मास्टरकार्ड तथा इ–सेवा मार्फत अन्तर्राष्ट्रिय होटल तथा उडान बुक गर्नसमेत सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment