Comments Add Comment

सागमा बक्सिङ स्वर्ण विजेता खेलाडी पुरस्कृत

सागमा स्वर्ण पदक जित्ने खेलाडी भुपेन्द्र थापाको फाइल तस्वीर ।

१ पुस, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन् । स्वर्ण विजेताहरु सनिल शाही (पुरुष ६० केजी), भुपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए ।

स्वर्ण विजेतालाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष विष्णुगोपाल श्रेष्ठले व्यक्तिगत नगद पुरस्कार प्रदान गरे । खेलाडीलाई अवालेले जनही १ लाख ५० हजार र श्रेष्ठले जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।

सातदोबाटोमा डिसेम्बर ६ देखि १० तारिखसम्म भएको बक्सिङमा पुष्करराज पन्त, रामचन्द्र थापा मगर, ताराराम श्रेष्ठ र धनकुमार मैनालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

सोही अवसरमा चीनको जिङयाङमा हुने एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई पनि बिदाइ गरियो । डिसेम्बर २० र २१ तारिखमा हुने प्रतियोगिताको पुरुष ६४ केजीमा भुपेन्द्र थापा तथा महिला ५४ केजीमा मिनु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा रमेश श्रेष्ठ र सुवर्ण सापकोटा तथा व्यवस्थापकमा शोभाजंग केसी रहेका छन् । टोली बुधबार चीन जाँदै छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, अध्यक्ष अवाले, पूर्व अध्यक्ष श्रेष्ठलगायतले खेलाडीलाई पुरस्कार प्रदान गर्नुका साथै विदाइ पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment