+

ज्ञानेन्द्रको शतकसँगै काठमाडौंको पहिलो जित

२०७६ पुष  २ गते १२:५७ २०७६ पुष २ गते १२:५७
ज्ञानेन्द्रको शतकसँगै काठमाडौंको पहिलो जित

२ पुस, पोखरा । कप्तान ज्ञानेन्द्र मल्लको शतदार शतकसँगै काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ ।

उसले बुधबार भएको आफ्नो तेस्रो खेलमा धनगढी ब्लुजमाथि १०७ रनको पराकिलो जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १८५ रनको विशाल स्कोर खडा गरेको थियो ।

उसका कप्तान मल्लले शतक प्रहार गरे । नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका मल्लले ३७ बलमै शतक बनाएका थिए । यो पीपीलएकै पहिलो शतक हो भने नेपालको घरेलु क्रिकेटमा यो सबैभन्दा छिटो शतकको कीर्तिमान । आफ्नो विष्फोटक इनिङमा मल्लले ८ छक्का र नौ चौका प्रहार गरे ।

मल्ल चौंथो नम्बरमा ब्याटिङ गर्न आएका थिए । सुरुबाटै उनले विपक्षी बलरहरुमाथि आक्रमण गर्न थालेका थिए । भारतीय ब्याट्सम्यान जयकृष्णन कोल्सावालसँग मल्लले ५६ बलमा १३० रनको साझेदारी गरेका थिए ।

शतक प्रहार गरेलगत्तै मल्ल कमल सिंह ऐरीको बलमा आउट भए । कोल्सावालाले ४६ र अमित श्रेष्ठले ३४ रन जोडे ।

जवाफमा धनगढीले १६ ओभरमा सबै विकेट गुमाएर मात्र ७९ रन बनाउन सक्यो । उसका लागि श्रीमान्थाले १५ र रोड्रिगो थोमसले १० रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

काठमाडौंका बसन्त रेग्मीले तीन विकेट लिँदा सुबोथ भाटी र पवन शरार्फले २-२ विकेट लिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय