Comments Add Comment

दुवै म्यानचेष्टर क्लब सेमिफाइनलमा

म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेड दुवै ईएफएल कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सीटीले तेस्रो श्रेणीको अक्सफोर्ड युनाइटेडलाई क्वाटरफाइनलमा ३–१ ले पराजित गर्दा युनाइटेडले चौथो श्रेणीको कोलचेस्टर युनाइटेडलाई ३–० ले हरायो ।

यस्तै प्रिमियर लिगकै दुई क्लबको भिडन्तमा पेनाल्टीमासुटआउटमा जित हात पार्दै लेस्टर सिटी पनि सेमिफाइनल पुगेको छ । यसअघि नै लिभरपुललाई हराएर एस्टन भिल्ला अन्तिम चारमा पुगिसकेको छ ।

सिटीलाई अवे मैदानमा जित दिलाउन रहिम स्टर्लिङले ५०औं र ७० औं मिनेटमा गोल गरे भने जाओ कानसेलोले १२ औं मिनेटमा गोल गरेका थिए । अक्सफोर्डका लागि ४६ औं मिनेटमा म्याथ्यु टेलरले गोल गरेका थिए ।

उता घरेलु मैदानमा युनाइटेडको लागि मार्कुस रासफोर्डले ५१ औं र एन्टोनी मार्सिएले ६१ औं मिनेटमा गोल गरे ।

कोलचेस्टरका राएन ज्याक्सनले एक आत्मघाती गोल उपहार दिएका थिए ।

लेस्टरले भने एभरटनलाई पेनालटीसुटआउटमा ४–२ ले पराजित गरेको हो । निर्धारित समयमाको खेल २–२ को बराबरीमा सकिएपछि खलको निर्णय पेनाल्टीबाट हुँदा लेस्टरका लागि बेन चिलवाल, रिकार्डो परेइरा, डेमाराई ग्रे र जेमी भार्डीले गोल गरे ।

जेम्स म्याडिसनले भने गोल गर्न सकेनन् । एभरटनका लागि मासन होलगेट र कालभर्ट लेविनले मात्र पेनाल्टीमा गोल गरे ।

अब सेमिफाइनलमा दुई म्यानचेष्टर क्लब भिड्नेछन् भने लेस्टरले एस्टन भिल्लासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment