+
+
Shares

सुनचाँदीमा राजश्व छली गरेको आरोपमा मुद्दा दायर

रासस रासस
२०७६ पुष ३ गते १०:३५

३ पुस, काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन र चाँदीमा राजश्व चुहावट गरेको आरोपमा २ जनाविरुद्ध मुद्दा दायर गरेकोे छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ का रमेशकुमार सैजु र सीताकुमारी चौधरीले राजश्व चुहावट गरेको पाइएकाले रु एक करोड ५३ लाख १५ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको राजश्व अनुसन्धान विभाग, ललितपुरले जनाएको छ ।

उनीहरूले रु १ करोड २३ लाख मूल्य बराबरको सुन र झण्डै रु चार लाख बराबरको चाँदीमा राजश्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनीहरु विरुद्ध बुधबार मुद्दा दायर गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बा १९ च ७४१३ नम्बरको गाडी जाँच गर्दा बिना बिलविजक उक्त मूल्यको सुन र चाँदी फेला पारी राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको थियो । अनुसन्धानमा कुनै वैधानिक प्रमाण फेला नपरेकाले सैजु र चौधरीले बिना इजाजत अन्य मुलुकबाट भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरी ल्याएको देखिएको विभागले जनाएको छ ।

गुट्खामा समेत राजश्व छली

यसैबीच, कैलाली जिल्ला लम्कीचुहा नगरपालिका–१, बस्ने देउती गुट्खा इण्डष्ट्रिजका सञ्चालक यज्ञबहादुर ओलीसमेतलाई राजश्व चुहावट गरेको अभियोगमा रु २५ लाख ९२ हजार बिगो कायम गरी मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

प्रचलित कानूनबमोजिम अन्तःशुल्क स्टिकर नलगाइ सुर्तीजन्य वस्तु (गुट्खा) निष्काशन गरी बिक्री गरेको तथा अन्तःशुल्क स्टिकर नलगाइ भण्डारण गर्ने कार्यगरी राजश्व छली गरेको आरोप उनीमाथि छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?