+
+
Shares

जेसीबीको ‘एस्युरेन्स’, ग्राहकलाई ‘कन्फिडेन्स’

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ६ गते १८:१९

६ पुस, काठमाडौं । नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले ‘जेसीबीको एस्योरेन्स, ग्राहकलाई कन्फिडेन्स’ योजना घोषणा गरेको छ ।

नयाँ योजनाअन्तर्गत एमएडब्लु अर्थमुभर्सले जेसीबीको पार्ट्समा ३ महिनादेखि ६ महिनासम्मको वारेन्टी उपलब्ध हुनेछ भने टायरमा १ बर्षको उपलब्ध हुनेछ । साथै, जेसीबीले बजारमा उपलब्ध सामान्य गि्रजभन्दा गुणस्तरीय गि्रज ‘पर्फर्मेन्स ग्यारेन्टी’ साथ ग्राहकमाझ ल्याएको छ ।

‘हामीले नेपालमै पहिलो पटक आफ्ना ग्राहकहरुको हितलाई ध्यानमा राखी, पार्टपूर्जामा ३ महिनादेखि ६ महिना तथा टायरमा १ वर्षको वारेन्टी साथै २५० डिग्री सेल्सियससम्मको तापक्रम थाम्न सक्ने क्षमता भएको गि्रज सुपथ मूल्यमा उपलब्ध गराएको छौं । यो गि्रज बजारमा पाइने ब्रान्डेड गि्रजभन्दा सुपथ मूल्यको साथै उच्च गुणस्तरको छरलोकल ग्रिजको भन्दा दुई गुना बढी हुने भएकाले ग्राहकको धेरै पैसा बचत हुन्छ,’ एमएडब्लु अर्थमुभर्सका चिफ सर्भिस म्यानेजर दिपेन बज्रचार्यले भने ।

देशभर १२ वटा शाखा, १५ वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र दुई सयभन्दा बढी सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर छन् । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र टेली हृयान्डलर लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपतहुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकपि्रय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दो छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?