Comments Add Comment

नागरिकता कानूनमा मोदीको टिप्पणी : कांग्रेस र अर्बन नक्सलले अफवाह फैलाए

६ पुस, नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एनआरसी र संशोधित नागरिकता कानूनबारे कांग्रेस र अर्बन नक्सलले अफवाह फैलाएको आरोप लगाएका छन् । सबै मुसलमानलाई डिटेन्सन सेन्टर पठाउँछ भन्नु झुटो भएको उनले बताए ।

दिल्लीको रामलिला मैदानमा आयोजित आभार र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, ‘पढेलेखेका मानिसहरु पनि सोधिरहेका छन् कि डिटेन्सन सेन्टर के हो ? झुट फैलाइएको छ । एक पटक संविधान संशोधन र एनआरसीमा के छ त पढ्नुस् ।’

‘कांग्रेस र अर्बन नक्सलले चलाएको अफवाह सरासर झुटो छ । देशलाई बर्बाद पार्ने स्वार्थ त्यसमा छ ।’

केही अघिसम्म पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बंगलादेशबाट आएका घुसपैठियालाई रोक्न माग गरेको स्मरण गर्दै मोदीले अहिले के भयो भनेर प्रश्न गरेकी छन् । ‘अब दिदीलाई के भयो ? तपाई कसरी बदलिनुभयो ?’

‘तपाई किन गलत जानकारी फैलाइरहनुभएको छ ? चुनाव त आउँछ जान्छ, तपाईलाई के डर छ ?’

हालै मात्र मुख्यमन्त्री बनर्जीले नागरिकता कानून र एनआरसीमाथि जनमत संग्रह गर्न राष्ट्रसंघ जस्तो निश्पक्ष एजेन्सीले निगरानी गर्नुपर्ने माग गरेकी थिइन् ।

मोदीले देशको एकताका लागि कहिल्यै पछि नहट्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment