Comments Add Comment

रक्सी पिएर ड्युटीमा बस्दा हवल्दारको जागिर चैट !

६ पुस, पोखरा । सवारी चालक अनुमपति पत्र छ कि छैन, मादक पदार्थ सेवन गरेको छ कि छैन भनेर चेकजाँच गर्न प्रहरी खटिन्छ । मापसे अभियान निकै सफल पनि मानिएको छ ।

तर चेकजाँच गर्ने प्रहरी आफैंले मादक पदार्थ सवेन गरेको रहेछ भने के होला ? पोखरामा यस्तै भएको छ ।

३ पुसमा पोखराको लेखनाथ तालचोकमा ट्राफिक प्रहरीले सवारी साधन रोकेर मापसे चेकजाँच गरिरहेको थियो । एक जना मोटरसाइकल चालकलाई रोक्यो र हा… गर्न भन्यो । जाँच गर्न लागेका प्रहरीको मुखबाटै ह्वास्स रक्सी गन्हायो । चालक र प्रहरीबीच भनाभन भयो ।

विस्तारै अरु सवारी चालक, पैदलयात्री गेर भीड जम्मा भयो । सबैले प्रहरीले नै रक्सी पिएको निष्कर्ष निकाले ।

र, रक्सी पिएर ड्युटीमा खटिएका प्रहरी हवल्दार भीमबहादुर यादवलाई समातेर प्रहरी कार्यालयमा बुझाएको छ ।

कास्कीमा ड्युटीमा खटिएका प्रहरी नै आफैं रक्सीले टिल परेर सवारी साधन चालकले खाएको छ कि छैन भनेर चेकजाँच गरेको यो पहिलो घटना भने होइन । यसअघि पनि प्रहरीमाथि यस्ता आरोप लाग्दै आएका छन् भने कतिलाई प्रहरीमै उजुरीसमेत परेको छ ।

रक्सी पिएर ड्युटीमा खटिएका एक हjल्दार त जागिर नै गएछ । रक्सी पिएर काम खटिएको पटकपटक गुनासो तथा उजुरी आएपछि इलाका प्रहरी कार्यालय बगरमा कार्यरत राजकुमार कार्कीलाई बर्खास्त नै गरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

‘तालचोकमा रक्सी पिएर ड्युटी गर्ने यादबलाई पहिलो पटक भएकाले एक तह घटुवा गरेर कारबाही गरिन्छ,’ एसपी कार्कीले भने, ‘बगरमा कार्यरत हबल्दार राजकुमारलाई भने एक हप्ताअघिमात्र बर्खास्त गरिएको छ ।’

रातको समयमा ड्युटीमा खटिने प्रहरी आफैं रक्सी पिउने र असल चालकलाई पनि दुख दिने गरेको गुनासो छ । प्रहरीले भने यस्ता समस्या भेटिए तत्काल खबर गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment