+
+
Shares

बाराको सिम्रौनगढमा आगलागी हुँदा एक घरमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ७ गते १३:२८

७ पुस, काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिका-११ लक्ष्मिनिया टोलमा आगलागी भएको छ ।

चिसोबाट बच्न बालेको घुरबाट सल्केको आगोले स्थानीय शम्भु भगत मालीको घरगोठ जल्दा करिब ६ लाख मुल्य बराबरको क्षति भएको बारा प्रहरीले जनाएको छ ।

आइतबार राति मालीको खपडाको छाना भएको घर र गोठमा आगलागी हुँदा लत्ताकपडा, अन्नपात, मोटरसाइकल लगायतका सामान जलेको पीडितले बताएका छन् ।

प्रहरीका अनुसार आगलागीबाट मालीको गोठमा रहेको ३ वटा भैंसी र ४ वटा बाख्रा समेत जलेका छन् ।

सिमरौनगढ नगरपालिकाको दमकल, प्रहरी चौकी कचोर्वाका प्रहरी र स्थानीयबासिन्दाको सक्रियतामा आगोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?