Comments Add Comment

काठमाडौंका सविनलाई खुल्ला स्नुकरको उपाधि

७ पुस, बुटवल । स्व.राजु लामा स्मृति खुल्ला स्नुकर प्रतियोगिताको उपाधि काठमाडौंका सविन तामाङले जितेका छन् । न्यु क्लब थर्टिनको आयोजनामा भएको फाइनल खेलमा राजन लामालाई ६–३ को सेटमा पराजित गर्दै सविनले उपाधि हात पारेको हो ।

विजेता बनेसँगै सविनले नगद ५० हजार रुपैयाँ हात पारेका छन् भने कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भएका छन् । उपविजेता राजन लामाले नगद २५ हजार रुपैयाँमा चित्त बुझाएका छन् । प्रतियोगिताको सेमीफाइनलमा पुग्ने २ जना खेलाडीहरु कसिस क्षेत्री र बुटवलका सुजन पुन दुई खेलाडीलाई जनही ५–५ हजारबाट पुरस्कृत गरिएको छ । प्रतियोगितामा हाइएष्ट ब्रेक राजन लामा नगद १५ हजारसहित कप, मेडलबाट पुरस्कृत भएका छन् ।

प्रतियोगितामा उदयमान खेलाडी सागर पुन, निशेष सिलवाल तथा अनुशासित खेलाडी इटहरीका आयुष गौतम घोषित हुँदै पुरस्कृत भए । उत्कृष्ट खेलाडी आले तामाङ घोषित हुँदै नगद ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।

अन्तराष्ट्रिय खेलाडीहरु राजन लामा, अमृतमान श्रेष्ठ रेगन, सोनम लामा र निरमान बोगटीलाई सम्मान गरिएको थियो ।

मंसिर २७ गतेसम्म संचालन हुने प्रतियोगितामा काठमाडौं, पोखरा, नारायणगढ, हेटौंडा, कपिलवस्तुबाट १ सय २८ खेलाडीहरुले उपाधिका लागि प्रतिस्प्रर्धा गरेको खेल संयोजक बीरेन शाक्यले बताए ।

एक कार्यक्रमका बीच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई स्वर्गीय राजु लामाका सुपुत्र पेम्बा लामा, वडा नं. ७ का वडाअध्यक्ष जगदिश चन्द्र आचार्य, प्रतियोगिताको सहसंयोजक तथा नेपाल पुल तथा स्नुकर संघका जिल्ला उपाध्यक्ष सुजन पुन लगायतले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment