Comments Add Comment

राष्ट्रियस्तरको खुल्ला स्नूकरको उपाधि सविन तामाङलाई

७ पुस, बुटवल । बुटवलमा सञ्चालित राष्ट्रियस्तरको खुल्ला स्नूकर प्रतियोगिताको उपाधि काठमाडौंका सविन तामाङले जितेका छन् । एक सय २७ जना खेलाडीलाई पछि पार्दै तामाङले उपाधि जितेका हुन् ।

१९ वर्षीय तामाङले उपाधिसंगै नगद ५० हजार पुरस्कार पनि हात पारेका छन् । यस्तै काठमाडौंकै राजन लामा उपविजेता बनेका छन् । राजनले प्रतियोगिताकै उत्कृष्ट ब्रेकर बनेर नगद १५ हजार पुरस्कार पनि जिते ।

सेमिफाइनलिस्ट बुटवलका सुजन पुन र भैरहवाका कशिष क्षेत्रीले नगद ५ हजारका दरले सान्त्वना पुरस्कार पाए । प्रतियोगितामा उत्कृष्ट खेलाडी आले तामाङ घोषित हुंदै नगद पांच हजार हात पारे भने उदियमान खेलाडीमा सागर पुन र निषेश सिलवाल, अनुशासित खेलाडीमा आयुश गौतम घोषित भए ।

स्नूकर खेलाडी स्वर्गीय राजु लामाको स्मृतिमा बुटवलको न्यू क्लब थर्टिनमा सञ्चालित प्रतियोगिताका विजेता खेलाडीहरुलाई बुटवल उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष जगदिश आचार्य,नेपाली कांग्रेस नगर सभापति खेलराज पाण्डे, प्रतियोगिताका मुख्य प्रायोजक स्वर्गीय खेलाडी लामाका भाइ हसन्त लामा, रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment