Comments Add Comment

घोषणा भएको रमितको ‘राजा साहेब’ कहिले बन्छ ?

‘राजा साहेब’ नामक चलचित्र बन्ने नबन्ने अझै टुंगो छैन । तर, यो चलचित्रले नायक रमित ढुंगानालाई भने हल्ला गर्ने राम्रै माध्यम बनाइदिएको छ । यो चलचित्रको सुरुवातमा नायक रमित ढुंगानाले १८ लाख रुपैयाँ पारिश्रमिक लिएको भनेर चर्चा भयो । तर, पछि चलचित्रमा नायिका नै नपाएको भन्ने खबरले हल्ला मच्चियो ।

रमित र यो चलचित्रका निर्देशकले जसोतसो गरेर दुई नायिका त खोजे । कार्यक्रमको घोषणा पनि एक कार्यक्रमको आयोजना गर्दै गरियो । तर, चलचित्र घोषणा भएको केही महिना वितिसक्दा पनि यसको छायांकन प्रारम्भ हुन सकेको छैन ।

यो चलचित्रको निर्माण अब हुन्छ या हुँदैन, एकिन छैन । घोषणा हुँदा जसले चलचित्र बनाउने तयारी गरेका थिए, अहिले ती निर्माता छैनन् । निर्देशक निर्माता खोज्न लागिपरेका छन् ।

निर्माता नै नभएपछि कसरी चलचित्र बनोस् । नायक ढुंगाना चलचित्र क्षेत्रबाट हराइसकेको अवस्था छ । त्यसमाथि घोषणा भएको चलचित्र नै नबन्दा उनलाई झनै गाह्रो पक्कै भएको छ । तर, चलचित्र बनोस् या नबनोस्, रमितको चर्चा भने भएकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment