Comments Add Comment

यसरी सुरु भयो क्रिसमस मनाउने परम्परा

हरेक वर्ष क्रिसमस २५ डिसेम्बरकै दिन मनाइन्छ । डिसेम्बर महिनाले आफूसंगै एक प्रकारको उल्लास तथा उमंग लिएर आउँछ । डिसेम्बरमा जसरी दिनहरु बित्दै जान्छन्, सेलिब्रेसनको तयारी पनि प्रारम्भ हून्छ । सबैभन्दा पहिला क्रिसमसको रमझम अनि त्यसपछि अंग्रेजी नयाँ वर्षको स्वागत ।

हुन त क्रिसमसलाई ईसाईहरुको पर्व भनिन्छ, यद्यपि यो पर्वलाई सबै धर्म मान्ने व्यक्तिहरुले उत्तिकै उल्लासका साथ मनाउन थालिसकेका छन् । यतिमात्र होइन, नेपालमा मात्र होइन, सम्पूर्ण विश्वमा नै क्रिसमसलाई धुमधामका साथ मनाइन्छ । जहाँ एकातिर हरेक वर्ष दसैं, तिहार, होली जस्ता सबै पर्वहरु मनाइने कुनै निश्चित दिन हुँदैनन्, त्यहाँ क्रिसमस एक मात्र त्यस्तो पर्व हो, जुन हरेक वर्ष २४ डिसेम्बरकै दिन मनाइने गरिन्छ ।

क्रिसमस पर्व हरेक वर्ष ईशा मसीहको जन्म दिवसको रुप्मा मनाउने गरिन्छ । ईसाई धर्म मान्ने व्यक्तिहरु ईशा मसीहलाई सूर्यको भगवान मान्छन् । त्यसैले ईसाईहरुका लागि यो पर्वको एउटा विशेष महत्व छ । एउटा महत्वपूर्ण कुरा के छ भने ईसा मसीहको जन्म भएको थियो, यो कुरा पूर्ण रुपले स्पष्ट छैन । जहाँ सम्म कि बाईबलमा पनि ईसा मसीहको जन्मको तारिखको कुनै पुष्टि गरिएको छैन । यस्तो अवस्थामा आखिर २५ डिसेम्बरकै दिन ईसा मसीहको जन्मको तारिख किन मानियो, सम्पूर्ण विश्वमा केवल यही दिन किन क्रिसमस मनाइन्छ भन्ने जिज्ञासा पनि पैदा हुन्छ । यदि तपाईंको मनमा पनि यो जिज्ञासा उठेको छ भने आज हामी उक्त जिज्ञासाको जवाफ दिने छौं ।

थाहा छैन वास्तविक मिति

जिसस को जन्मको वास्तविक तारिकको बारेमा कसैलाई पनि जानकारी छैन । भनिन्छ, जिसस को जन्म २ बिसी तथा ७ बिसीको बीचमा अर्थात ४ बिसीमा भको थियो । त्यस बेलाको समयलाई वषको आधारमा होइन, बिसीको आधारमा हेरिन्थ्यो । त्यस्तो बेला जिसस को जन्मको वास्तविक तिथी तथा समयको बारेमा कहिं पनि लेखिएको छैन । यहाँ सम्मकि बाइबलमा पनि जिसस को जन्मको तारिखको बारेमा भनिएको छैन ।

यसकारण २५ डिसेम्बरमा मनाइन्छ

अब यदि तपाईं सोचिरहनु भएको होला, जिसस को जन्म यही तारिखमा कसरी निश्चित गरियो भन्ने कुरा ? यसको पछाडि एउटा रोचक कथा छ । वास्तवमा, एउटा निकै नै प्रारम्भिक ईसाई परम्पराका अनुसार, जुन दिन मेरीलाई उनीसंग एक अति नै विशष बच्चा अर्थात यीशु हुनेछन् भनिएको थियो, त्यो तारिख थियो २५ मार्च । २५ मार्चको नौ महिनापछि २५ डिसेम्बर । यस्तो बेला यीशुको जन्मका लागि २५ डिसेम्बर सबैभन्दा राम्रो दिन मानियो । यसका अतिरिक्त उक्त तिथिलाई एक रोमन पर्व अथवा मकर संक्रान्तिसंग सम्बन्ध स्थापित गर्ने आधारमा पनि चुनिएको मानिन्छ ।

यसरी मनाइयो क्रिसमस

क्रिसमस मनाउने परम्परा पनि निकै पुरानो हो । सबैभन्दा पहिला क्रिसमस ३३६ ईशा पूर्वमा रोमनका पहिलो ईसायी रोमन सम्राटको समयमा २५ डिसेम्बरको दिन मनाइएको थियो । त्यो समयमा त्यो रोमन स्टेटको आधिकारिक पर्व थिएन । त्यसो त, त्यसपछि जिसस को जन्मको तारिखका लागि विवाद समेत भयो ।

यद्यपि, त्यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रुपबाट जिसस को जन्म २५ डिसेम्बरलाई नै मनाउने घोषणा गरियो । त्यसपछि हरेक वर्ष २५ डिसेम्बरको दिन क्रिसमस मनाउने परम्पराको थालनी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment