+
+
Shares

बुटवलमा ‘न्यू इयर इभ’ हुने, ५० रुपैयाँमा खानासँगै मनोरञ्जन पनि

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १८:१५

८ पुस, बुटवल । बुटवलमा हुने ‘न्यू इयर इभ’मा ५० रुपैयाँमा पनि खाना र मनोरञ्जन लिन पाइने ब्यवस्था गरिएको छ । नेपाल सरकारको भ्रमण वर्ष २०२० को सन्दर्भमा भ्रमण वर्षको स्वागत तथा न्यू इयर इभको कार्यक्रममा दर्शकहरुले न्युनतम ५० रुपैयाँमा खाजा सहित मनोरञ्जन लिन पाउने ब्यवस्था गरिएको हो ।

होटल पौवा र एबीसी न्यूजको आयोजनामा बुटवलमा हुने कार्यक्रममा न्यून आय भएका उपभोक्ताहरुको पनि पहुँच पुगोस् भन्ने उद्देश्यले यस्तो ब्यवस्था गरिएको आयोकहरुले जनाएका छन् ।

होटल र रेष्टुरेण्टहरुले आयोजना गर्ने इभेन्टहरुमा मेनु हेरेर फर्कन बाध्य हुने उपभोक्ताहरुलाई लक्षित गर्दै बुटवलमा ईभ गर्न लागिएको आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पुस १५ गते होटल पौवाको बुटवल शाखामा आयोजना हुने इभमा जन कलाकार जीवन शर्मा, आधुनिक गायक प्रमोद खरेल तथा लोक गायीका राधिका हमालको सांगितीक प्रस्तुती रहने छ ।

होटल पौवाका महाप्रवन्धक कृष्ण गौतमले निमन्त्रणा कार्ड लिएर आउने उपभोक्ताले नि:शुल्क प्रवेश पाउने र ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्ममा पौवाको स्वाद लिन पाउने ब्यवस्था गरिएको बताए ।

होटल पौवाका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले सरकारको भ्रमण वर्ष सफल बनाउनु सबै नेपालीको कर्तब्य भएको बताउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली हस्पिटालिटी सहितको सेवाको जानकारी दिन इभेण्ट राखिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?