+
+
Shares

सेलपे र सस्तो डिलबीच ‘सेल-ए-ब्रेसन’ सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १७:५०

८ पुस, काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक सेलपे र ई-कमर्स प्लेटफर्म सस्तो डिलबीच सेले-ए-ब्रेसन (सेलेब्रेसन) सहकार्य हुने भएको छ।

क्रिसमस र नयाँ वर्ष २०२० लाई लक्षित गर्दै यस्तो सहकार्य गरिएको सेलपेले जानकारी दिएको छ।

सेलेब्रेसन अफर २४ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० सम्म लागू हुनेछ।

क्रिसमस र नयाँ वर्ष थप खुशीयाली बनाउन सेलपले सस्तो डिलसँग सहकार्य गरेको बताएको छ।

सस्तो डिलमार्फत प्रथम पटक कुनै पनि सामान खरिद गर्दा सो खरिदको भुक्तानी सेलपेबाट गरे ४० प्रतिशत डिस्काउन्ट सेलपे एपमा लोयल्टी पोइन्टसका रुपमा उपलब्ध गराइने छ।

यसका साथै विभिन्न ब्रान्डका सामग्री खरिद गर्दा ग्राहकले १० प्रतिशत डिस्काउन्ट कुपनसमेत पाउने बताइएको छ।

डिजेआइ, डक्टर ब्राउन्स, क्रेन, हिमालय बेबी केयर, बिब्लभ इनर्जायर र ए-एजका सामग्री खरीदमा १० प्रतिशत छुटको व्यवस्था गरिएको हो।

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट सेलपेको यो सेवा उपयोग गर्न सकिने छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?