Comments Add Comment

दुनियाँकै खतरनाक ठाउँ जहाँ भइसकेको छ ५०० परमाणु बमको परीक्षण

कजाखस्तानको दी पोलिगनको इतिहास आफैंमा खतरनाक छ । सन् १९४९ देखि १९८९ को बीचमा हरेक वर्ष त्यहाँ १० वटा परमाणु बमको परीक्षण गरिएको थियो । त्यसको नतिजा आजसम्म पनि त्यहाँ देख्न पाइन्छ ।

शीतयुद्धको बेला तत्कालीन सोभियत संघले परमाणु बमको परीक्षणका लागि त्यस ठाउँमा सबैभन्दा ठूलो केन्द्र स्थापना गरेको थियो । सोभियत संघले त्यहाँ ४ सय ५६ वटा परमाणु बम परीक्षण गरेको थियो ।

मध्य एसियास्थित कजाक स्टेपिजस्थित द पोलिगनको आधिकारिक नाम सेमीपलाटिन्स्क टेस्ट साइट हो । यो क्षेत्रको क्षेत्रफल युरोपेली मुलुक बेल्जियम जत्रै छ ।

त्यहाँको प्रमुख सहर कुअरशाटोफ हो, जसको नाम रुसी भौतिकशास्त्री आइगोर कुअरशाटोफको नामबाट राखिएको हो ।

कुअरशाटोफले सोभियत रुसको परमाणु कार्यक्रमको नेतृत्व गरेका थिए । त्यहीँबाटै सेमीपलान्टिस्कमा गरिने परीक्षणको निगरानी गरिन्थ्यो ।

परमाणु परीक्षका लागि यो ठाउँ छनोट गर्नुको पनि कारण थियो । किनकि यो ठाउँ सर्बियाको तुलनामा मेक्सिकोभन्दा नजिक पर्दछ ।

सोभियन संघको खुफिया पुलिसका निर्देशक तथा सोभियत परमाणु बम कार्यक्रमका लाभरेन्टी बेरियाका अनुसार त्यहाँ सुरुमा मानिसहरूको खासै बसोबास थिएन । रुसी जार निकोलसले सन् १८५४ मा सरकार विरुद्धमा बोल्ने लेखक फ्योदोर दोस्तोवस्कीलाई निर्वासित गरेर त्यस ठाउँमा लखेटिदिएका थिए ।

सन् १९४७ मा परमाणु परीक्षणका लागि त्यस ठाउँलाई छनोट गर्दा त्यहाँ झण्डै ७० हजार मानिस बसोबास गर्दथे । परमाणु बम परीक्षणबाट उत्सर्जित विकिरणहरूका कारण त्यहाँ आसपासका बासिन्दाहरूमा निकै गम्भीर स्वास्थ्य समस्या देखिएका थिए । मानिसहरूमा महामारीको रूपमा क्यान्सर रोग देखियो जसका कारण धेरै परिवारले आत्महत्यासमेत गर्न बाध्य भएका थिए ।

सन् १९९१ अगष्ट २९ मा कजाकिस्तानका राष्ट्रपति नूरसुल्तान नजारबायेवले उक्त परमाणु परीक्षण केन्द्र औपचारिक रूपमा बन्द गरिदिएका थिए ।

सोही दिन अर्थात् अगष्ट २९ लाई संयुक्त राष्ट्रसंघले आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment