+
+
Shares

सलमानसँग काम गर्न तयार छुः अक्षय

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते १२:०२

केही समय अगाडिसम्म नायक साहरुख खान र सलमान खानका फ्यानको वार सामाजिक संजालमा खुबै देखिन्थ्यो । तर, अहिले साहरुख र सलमान सबैभन्दा मिल्ने साथी भएका छन् । यसपछि भने साहरुख र सलमानका फ्यानको मित्रता पनि सामाजिक संजालमा देख्न पाइन्छ ।

अब, सलमान र अक्षय कुमारका फ्यानविचको भिडन्त ट्विटरमा खुबै चल्ने गरेको छ । अझ, यी दुई नायक सन् २०२० को इदमा एकसाथ चलचित्र रिलिज गर्दैछन् । यसले, फ्यान वारलाई उच्च विन्दुमा पुर्याइदिएको छ ।

तर, नायक अक्षय कुमार भने आफ्नो मनमा सलमानका लागि निकै नै प्रेम रहेको बताउँछन् । नयाँ चलचित्र ‘गुड न्यूज’को प्रचारमा क्रममा रहेका अक्षयले भारतीय मिडियासँग भने–‘म सधै नै सलमानलाई प्रेम गर्छु, मेरो दिलमा उनका लागि कठोरपन छैन ।’ अक्षयले अगाडि भने–‘म सलमानसँग ‘मुजसे साधी करोगीं २’मा काम गर्नका लागि उत्साहित छु । यो राम्रो उपाय हो र यसका लागि निर्देशक साजिद नाडियाडवालाले पक्कै पनि योजना बनाउनेछन् ।’

सलमान र अक्षयले अर्को चलचित्र ‘जान ए मन’मा पनि एकसाथ काम गरेका थिए । तर, अहिले पनि यी दुई नायकको वार चलिरहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?